×
मङ्गलबार, साउन १२, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
  • १ घण्टा अघि

सुन तोलामा ४३ सयले घट्याे
  • ५ घण्टा अघि

साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
  • ९ घण्टा अघि

असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
  • १० घण्टा अघि

नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १० घण्टा अघि

आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना
  • ११ घण्टा अघि

चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु
  • ११ घण्टा अघि

मर्स्याङ्दी नदी किनारामा फेला परेकाे शव लमजुङ सिता देवी परियारकाे भएकाे पुष्टी
  • ११ घण्टा अघि

धनगढीमा आत्मदाह प्रयास गरेकी युवतीको मृत्यु
  • १ दिन अघि

सवारी दुर्घटना न्यूनीकरण गर्न सामूहिक प्रयत्न आवश्यक

  •  गोरखा समाचार
  • मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । बढ्दो सवारी दुर्घटना न्यूनीकरण सामूहिक प्रयत्नबाट मात्र सम्भव रहेकामा सरोकारवालाले जोेड दिएका छन् । सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि गोरखामा आजदेखि सुरु भएको ‘ट्राफिक सप्ताह–२०८१’ को उद्घाटन कार्यक्रममा सहभागीले ट्राफिक प्रहरी मात्र दुर्घटना रोकथाम र न्यूनीकरण गर्न पर्याप्त हुन नसक्ने बताएका हुन् ।

    सडकमा ट्राफिक प्रहरीले सम्भावित दुर्घटना रोकथामका लागि निरन्तर प्रयाससँगै समुदाय, नागरिक, चालक, यात्रु तथा यातायात व्यवसायीले पनि आ–आफ्नो जिम्मेवारी पूरा गर्नसके दुर्घटना रोकथाम र न्यूनीकरण गर्न सकिने सरोकारवालाले विश्वास व्यक्त गरेका छन् ।

    “सचेत व्यक्ति नै आफू सिकाउने तर आफैँले पालन नगर्ने परिपाटी समाजमा व्याप्त छ” जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगरले भन्नुभयो, “नीतिनियम र अनुशासनको पालना सबै पक्षले गर्ने हो भने दुर्घटना बिस्तारै न्यूनीकरण हुँदै जान्छ ।” उहाँले सवारी दुर्घटना रोकथामका लागि ट्राफिक प्रहरीको मात्र जिम्मेवारी हो भन्ने नागरिकको बुझाइलाई परिवर्तन गर्न सक्नुपर्नेमा समेत जोड दिनुभयो ।

    “आफ्ना बालबालिकालाई लाइन्सेन्स बिना सवारी चलाउन हुँदैन भनेर सिकाउने काम अभिभावकबाट नै सुरु हुनुपर्छ,” प्रमुख थापामगरले भन्नुभयो, “विद्यालय विद्यालयमा पुगेर बालबालिकामा ट्राफिक सचेतनाको जानकारी दिने र बालबालिकाले घरपरिवार र समुदायमा फैलाउँदै जानसके ट्राफिक सचेतना आमनागरिकसम्म पु¥याउन सकिन्छ ।”

    ट्राफिक नियमको पालना ट्राफिक प्रहरीका लागि मात्र गरिदिनु परेको जस्तो अनुभूति सवारी चालकबाट हुने गरेको भन्दै उहाँले सवारी चालक, सहचालकलाई पनि दुर्घटना रोकथाम र न्यूनीकरणका लागि ट्राफिक नियमको पालना गर्नुपर्छ भन्ने धारणाको विकास गराउनु आवश्यक रहेकामा जोड दिनुभयो ।

    कार्यक्रममा प्रमुख जिल्ला अधिकारी भोला दाहालले ट्राफिक नियमको पालना नगर्दा अधिकांश दुर्घटना हुने गरेको पाइएकाले दुर्घटना रोकथामका लागि ट्राफिक नियमको गम्भीरतापूर्वक पालन गर्नुपर्नेमा जोड दिनुभयो । “ट्राफिक नियमको पालना गराउने काम ट्राफिक प्रहरीको भए पनि नियम पालना गर्ने दायित्व हामी सबैको हो,” उहाँले भन्नुभयो, “प्रत्येक व्यक्तिले मैले ट्राफिक नियम मान्नुपर्छ भनेर नियमको पालना गर्नसक्ने खालको सामूहिकताले दुर्घटना स्वाभाविक रुपमा कम हुँदै जान्छ ।”

    कार्यक्रममा सामुदायिक सेवा केन्द्र गोरखाका अध्यक्ष रामहरि केसीले थोरै जनशक्ति रहेको ट्राफिक प्रहरीले मात्र चाहेर सवारी दुर्घटना कम गर्न नसक्ने भन्दै नागरिकदेखि सवारी चालक, यातायात व्यवसायी, यात्रु तथा पैदल यात्रु र आमनागरिकको सामूहिक अठोटको आवश्यकता रहेकामा जोड दिनुभयो । उहाँले ट्राफिक प्रहरीले पनि पुरानै शैलीबाट सवारी सचेतना तथा दुर्घटना न्यूनीकरणका लागि काम गरेर नपुग्ने भन्दै अब प्रविधिको प्रयोगमा जोड दिनुपर्ने बताउनुभयो ।

    कार्यक्रममा जिल्ला प्रहरी कार्यालय गोरखाका प्रमुख प्रहरी निरीक्षक वासुदेव पाठकले सबै स्तरबाट ट्राफिक नियमको पालना गर्नसके सवारी दुर्घटना रोकथाम गर्न सकिने बताउनुभयो । “सवारी दुर्घटना कम गर्न शिक्षा, इन्जिनियरिङ र इन्फोर्समेन्ट मुख्य सूत्र हो,” उहाँले भन्नुभयो, “सबैलाई ट्राफिक नियमका बारेमा शिक्षा दिने, सडक जोखिमपूर्ण नहुने र नियामक निकायले नियमका कडाइका साथ पालना गर्न÷गराउन लागिपर्ने हो भने धेरै हदसम्म दुर्घटना रोक्न सकिन्छ ।”

    कार्यक्रममा प्याब्सन गोरखाका अध्यक्ष सीताराम तिवारीले सडकपेटीमा सवारी पार्किङका कारण पनि दुर्घटना हुने गरेको भन्दै त्यसतर्फ सम्बन्धित निकायले ध्यान पु¥याउनुपर्नेमा जोड दिनुभयो । “दुर्घटना पर्याप्त ट्राफिक नियमको जानकारी नहँुदा हुने कुरामा दुईमत छैन, जहाँ ट्राफिक जनचेतना र अनुशासनको पालना हुन्छ, त्यहाँ दुर्घटना कम हुन्छ, ट्राफिक छ÷छैनभन्दा पनि नागरिकले आफ्नो जिम्मेवारी बहन गर्न सक्नुपर्छ,” उहाँले भन्नुभयो ।

    रासस

    लेखकबाट थप:

    • कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    • सुन तोलामा ४३ सयले घट्याे
    • साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    • असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने
    • नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    मङ्गलबार, बैशाख २५, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन
    सुन तोलामा ४३ सयले घट्याे
    साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Advertisement
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. कांग्रेसका बरिष्ठ नेता श्रेष्ठको निधन

    • २. सुन तोलामा ४३ सयले घट्याे

    • ३. साहित्य र चलचित्रका २ साधकलाई ‘दाहाल यज्ञनिधि पुरस्कार’

    • ४. असार मसान्तसम्म खपत भएको बिजुलीमा भ्याट नलाग्ने

    • ५. नेपाल राष्ट्र बैंकले मंगलबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : बागमती, गण्डकी र कर्णालीमा भारी वर्षाको सम्भावना

    • ७. चाैरमा अचेत अवस्थामा भेटिएकी २ महिलाकाे मृत्यु

    धेरै पढिएको
    • १. गोरखाका मीनकुमार गुरुङविरुद्ध मुद्दा दायर

    • २. गाेरखामा गाँजा सहित ३ जना नियन्त्रणमा

    • ३. गोरखामा बेबारिसे महिलाकाे शव फेला

    • ४. ट्याक्टर चलाइरहेका बेला चक्कर लागेर ढलेका गोरखाका एक ट्याक्टर चालकको प्रहरीद्धारा उद्धार

    • ५. जन्मेका हामी नेपाली, भिजेर आफ्नै माटोमा

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.