गोरखा । प्रसिद्ध शक्तिपिठको रुपमा परिचित गोरखाको गोरखनाथ गुफामा ‘२१औं सवालाख रोट महोत्सव’ हुने भएको छ । धार्मिक पर्यटक भित्र्याउने उद्वेश्य सहित प्रसिद्ध धार्मिकस्थल गुरु गोरखनाथको गुफामा आउदो जेठ १० गतेदेखि २० गतेसम्म महोत्सवको आयोजना गरिएको आयोजक सिद्धाश्रम शक्तिकेन्द्रले जनाएको छ ।
महोत्सव अवधिभर गुरु गोरखनाथलाई सवालाख रोट अर्पण गर्ने कार्यक्रम रहेको केन्द्रका साधन रामजी अर्यालले बताए । ‘रोटलाई गुरु गोरखनाथको असाध्यै मनपर्ने खाद्य परिकारको रुपमा लिइन्छ, उनले भने, ‘‘महोत्सव अवधीभर गोरखनाथलाई सवालाख रोट चढाउने, सोही रोट प्रसादका रुपमा स्वदेश तथा विदेशमा बितरण गरिने छ ।’
महोत्सव अवधिभर साधक साधिकाहरुबाट धार्मिक प्रवचनसहित भजनकिर्तनलगायतका बिभिन्न कार्यक्रमहरु राखिएको केन्द्रका गोरखाका संयोजक किशोरकुमार अकेलाले जानकारी दिए । उनका अनुसार महोत्सवमा सहभागी हुन आउने जो कोहीलाई पनि निशुल्क खाना र आवासको ब्यवस्था मिलाइएको छ ।
त्यसो त गोरखनाथलाई दैनिक रुपमा रोट चढाउने परम्परा रही आएको छ । चलन रहेको भएपनि यसको प्रचार–प्रसार नहुदा धार्मिक पर्यटक आउने क्रम घट्दै गएकोले पनि बर्षेनी महोत्सवको रुपमा मनाउदै आएको संयोजक अकेलाले बताए ।
‘गुरु गोरखनाथ पृथ्वीमा पहिलोपटक वैशाख पूर्णिमाको दिन दिव्य तथा ऐतिहासिक गोरख गुफाबाट प्रकट भएको जनविश्वास रहेको छ । त्यसै दिनलाई गोरक्ष प्रकट दिवसको रुपमा पनि मनाउने गरिएको छ, केन्द्रका साधीका विन्देवरी बरालले भने ‘‘सो दिनको अवसर पारेर रोट महोत्सवको सुरुवात गरिएको हो ।’
गोरखाको गोरखनाथ गुफामा केन्द्रले नेपालका साथै समस्त विश्व मावनको जीवन खुशमय र विश्व शान्तिको कामना गर्दै २०६१ सालदेखी बैशाख पुर्णिमाको अवशरमा सवालाख रोट महोत्सवको सुरुवात गरेको हो । ११ दिनसम्म चल्ने उक्त महोत्सवमा स्वदेश तथा विदेशका गरी ५० हजार भक्तजनहरुको सहभागिता रहने केन्द्रले जनाएको छ ।
गतबर्ष महोत्सवमा १९ लाख बरावर खर्च भएको र यो बर्ष २१ लाख खर्च हुने अनुमान केन्द्रले गरेको छ । सवालाख रोटका लागि आवश्यक पर्ने चालमको पिठो भने यस पटक कास्की जिल्लाबाट प्राप्त हुने छ । कास्कीले अहिले ३ हजार केजी चामल संकलन गरेर पिसानीको काम सुरु गरेको पनि जानकारी प्राप्त हुन आएको छ ।
किबदन्ती अनुसार गोरखनाथको रोट तत्कालिन राजा पृथ्वीनारायण शाहले लडाइमा जाने सेनालाई प्रसाद (खाजाका रुपमा) प्रयोग गरेका थिए । १ वटा रोट र १ माना पानी खाएपछि त्यसदिनको भोक मेटिने गरेको पनि किम्वदन्तीमा पाइन्छ । त्यसैले पनि रोटलाई शक्तिवद्र्धक खानेकुरामा रुपमा समेत लिने गरिन्छ ।
रोट के लाई भन्निछ ?
रोट २ किसीमको हुन्छ । भुग्रे रोट र ताई रोट । भुग्रे रोटलाई आगाको भुग्रोमा पकाउने गरिन्छ । रोटहरु मध्ये गुरु गोरखनालाई मन पर्ने ताई रोट हो । यो चामल, गहुँ वा जौ को पिठोलाई वास्ना तथा शक्ति वर्धक विभिन्न ५२ मसला मिसाएर मन्दिरका नाथ संप्रदायका मानिसहरुले ध्यूमा तयार पारीएको हुन्छ । रोटमा ल्वाङ्ग, सुकमेल, जाइफल, जाइपत्रि, काजु, पिस्ता, सौफ, नरीवल, मह, दाख, चिनी, खुदो जस्ता शक्ति बर्धक वस्तुहरु मिसाएर तयार गर्ने गरीन्छ ।
सानो सानो आकारमा तयार गरीने यो रोटलाई नाथ प्रजातीका ब्यक्तिहरुले सुद्व भै मन्त्र जाप गरी विचको भाग उठाएर वनाएको हुन्छ । गुरु गोरखनाथको अति प्रिय खाने वस्तु मानिएको यो रोटको ऐतिहासीक महोत्व समेत रही आएको छ ।
नेपाल एकिकरणका वेला तात्कालिन राजा पृथ्वीनाराण शाह तथा उनका सेनाहरुले अन्य राज्य कब्जा गर्न जादाँ उत्त रोट र पानी खाएर लडेको अवस्थामा विजयी हासील गरेको किंवदन्ती समेत पाइन्छ ।




















