गोरखा । गोरखामा हिजो चट्याङ लागेर १ जना सामान्य घाईते भएका छन् । घाईते हुनेमा पालुङटार नगरपालिका–२ आँपपिपलका तिलक लामा भएको स्थानिय प्रमिला गुरुङले जानकारी दिए ।
सोमबार साँझ ६ः१५ बजेको समयमा उनलाई घर भित्र बस्दा चट्याङ लागेको हो । चट्याङ लागेर घाईते भएका उनको आँपपिपल अस्पतालमा उपचार गरिएको थियो । उनको उपचार पश्चात सोमबार मध्येराती नै डिस्चार्ज गरिएको आँपपिल अस्पतालले जानकारी दिएको छ ।
चट्याङ लागेर घाईते भएका लामा लिगलिगकोटमा सरसफाइ गर्ने कर्मचारी भएको पुष्टी भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी उपरिक्षक बासुदेव पाठकले जानकारी दिए । उनका अनुसार सामान्य उपचार पछी उनलाई हिजै राती नै अस्पतालले डिस्चार्ज गरेको हो । उनी अहिले काममा फर्किसकेको पनि प्रउ पाठकले बताए ।
सोमबार लिगलिगकोटमा रहेको राष्ट्रिय झण्डा निकालेर घर तर्फ आएका लामालाई घर भित्रै चट्याङ लागेको थियो । केही समय बेहोश भएका उनी उपचार पछी होसमा आएका थिए ।
उनको घर भित्र चट्याङ लाग्दा ठुलो प्वाल परेको छ ।


