गोरखा । गोरखा सदमुकामको आगलागी पिडितलाई नेपाली काँग्रेस नगरकमिटीले आर्थिक सहयोग उपलब्ध गराएको छ । नगरकमिटीले प्रति परिवार १० हजारका दरले आर्थिक सहयोग उपलब्ध गराएको नगरकमिटीका सभापति चन्दनबावु खत्रीले जानकारी दिए ।
गएको १९ गते बुधबार धोद्रे बनमा लागेको आगो बस्ती नजिक पुग्दा गोरखा नगरपालिका–५ स्थित ठूलोरिपका पार्वनी राना र रुपा रानाको २ घर र ४ गोठ जलेर पूर्ण रुपमा नष्ट भएको थियो ।
नगरकमिटीका सचिव ऋषि श्रेष्ठले दिएको जानकारी अनुसार वडा नम्बर ५ को वडा समितिको समन्वयमा पार्वती र रुपाको परिवारलाई घरमा नै पुगेर नगर सभापति खत्रीले जनही १०–१० हजार रुपैयाँ हस्तान्तरण गरेका थिए ।
आगलागी भएर नष्ट भएकाे पार्वती र रुपाकाे घर
गोरखा नगरपालिका–५ का कार्यबाहक अध्यक्ष हरेराम पोख्रेल समेतको उपस्थितीमा नगर कमिटीले उनीहरुलाई राहत स्वरुप नगद उपलब्ध गराएको नेपाली काँग्रेस गोरखा नगरपालिका नगर कमिटीले जानकारी दिएको छ ।
यसै बिच गोरखा नगरपालिकाले पनि आगलागी पिडितलाई राहत उपलब्ध गराउने भएको छ । नगर प्रमुख कृण्णबहादुर रानामगरका अनुसार सोमबार साँझसम्म पिडित परिवारलाई राहत उपलब्ध गराइने छ ।



