गोरखा । गोरखा जिल्लाबाट हज यात्रामा जान लागेका हज यात्रीहरुको बिदाई गरिएको छ । जिल्ला प्रसासन कार्यालय गोरखाले एक कार्यक्रमको आयोजना गरि हज यात्रामा जान लागेका १३ जना हज यात्रीहरुको आइतवार बिदाई गरिएको हो ।
जिल्ला समन्वय समिति गोरखाका प्रमुख मोहनबहादुर थापामगर, गोरखा नगरपालिकाका नगरप्रमुख कृष्णबहादुर रानामगर, प्रमुख जिल्ला अधिकारी भोला दाहाल लगायतले हजयात्रीहरुलाई विदाई गरेका थिए ।
जिल्लाबाट यसबर्ष ७ महिला र ६ जना पुरुषहरु हजयात्राका जाने लागेका हुन । हज यात्रीहरुलाई फुलको गुच्छाका साथ शुभकामना सहित बिदाई गरिएको थियो ।
हज यात्रा पूरा गरेपछि सबै किसिमका पापबाट मुक्ति पाईन्छ भन्ने इस्लामिक धर्मालम्बीहरुमा बिश्वास रहदै आएको इस्लाम धर्म गुरु मौलाना बसीरले बताए ।
हजयात्रामा जानेहरुलाई सरकारी स्तरबाटै सम्मान र बिदाई गरेकोमा खुशी लागेको मुस्लिम अगुवा रहमतुल्ला मियाँले बताए । ‘‘जिल्ला प्रसासन कार्यालयले गोरखाका हजयात्रीलाई स–सम्मान बिदाइ गरेर देशमा धार्मिक सहिष्णुताको अनुपम उदाहरण दिएको छ, उनले भने, ‘‘यसबाट हामीलाई हौसला पनि मिलेको छ ।’’
नेपालबाट हजयात्रामा जाने हजयात्रीहरुलाई खानबस्न गृहमन्त्रालय अन्तरर्गत हज समितिले गर्दै आएको छ । हजमा टेकेर फर्कने हजयात्रीले हाजीको उपाधी प्राप्त गर्ने इस्लाम धर्मको मान्यता रहदै आएको छ ।
साउदी अरबको मक्का मदिनामा हजका हरेक बर्ष गोरखाबाट पनि हजयात्री जाने गर्दछन् । इस्लाम पात्रो हिजारी सम्वतको बाह्रौ महिना ‘जुल हिज्जा’को अवसर पारेर साउदी अरबको मक्का मदीना पुगी हज गर्ने प्रचलन रहदै आएको छ ।
हजयात्रीहरुले मक्का र मदिनामा ४५ दिन बिताउने छ्रन् । गतबर्ष गोरखाबाट २३ जना गएको थिए । हजमा जानेहरुले यो बर्ष नेपाल सरकारलाई प्रति ब्यक्ति ४ लाख १५ हजार रकम बुझाएको पनि एक हजयात्रीले बताए ।



