गाेरखा । गाेरखा जिल्लाबाट हजका लागि साउदी अरब जानेहरुलाई आज एक कार्यक्रम बिच सम्मान र बिदाई गरीएकाे छ ।
जिल्ला प्रशासन कार्यालय गाेरखाकाे आयाेजनामा हजमा जानेहरुलाई बिदाई गरीएकाे हाे ।
हजका लागि गाेरखा जिल्लाबाट १३ जना जाने भएका छन् ।
हजका लागि ७ महिला र ६ जना पुरुष जान लागेका हुन् ।
प्रमुख जिल्ला अधिकारी भाेला दाहालकाे अघ्यक्षतामा भएकाे कार्यक्रममा प्रमुख अतिथी जिल्ला समन्वय समितिका प्रमुख माेहनबहादुर थापामगगर, बिशेष अतिथी गाेरखा नगरपालिकाका मेयर कृण्णबहादुर रानामगर, नेपाल पत्रकार महासंघ गाेरखाका उपाघ्यक्ष नरेन्द्र ढकाल, माैलाना बसिर मियाँ तथा रहमतुल्ला मियाँले शुभकामना मनतब्य राखेका थिए ।
जेठ २ गते नेपालबाट मक्का-मदिनाका लागि उनीहरु जाने छन् ।
उनीहरुले नेपाल सरकारले ताेकेकाे प्रतिब्यत्ती ४ लाख १५ हजार शुल्क बुझाएकाे सहभागी मघ्यका रहमतुल्ला मियाँले जानकारी दिए ।
४५ दिनकाे यात्रामा हज कमिटीले यातायात, हवाई टिकट, आवासका साथै खानाकाे प्रबन्ध गर्ने छ ।
उनीहरु मक्का-मदिनाबाट असार १५ गते नेपाल आउनेछन् ।
मुस्लिम समुदायका मानिसहरुले हज गर्न गएकाे खण्डमा जानअन्जानमा भएका पाप नष्ट हुने विश्वास गर्दछन् ।





































