गोरखा । गोरखामा ट्राफिक प्रहरीले पहिलो पटक सवारी चालकको लागु पदार्थ सेवन गरे नगरेको जाँच गर्ने भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गोरखामा आज भएको पत्रकार सम्मेलनमा प्रहरी बरिष्ठ नायब निरिक्षक एवं जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख शिवप्रसाद पाठकले बताए ।
बैशाख २५ गते मंगलबारदेखी ट्राफिक सप्ताह कार्यक्रमको आयोजना गरेको जानकारी दिदै उनले जिल्लामा पहिलो पटक लापसे चेक जाँच गर्न लागेको बताए । ‘जिल्लामा हामी पहिलो पटक लापसे चेक जाँच गर्दै छौ’ उनले भने ‘यसले सवारी दुर्घटना न्यूनिकरणमा सहयोग गर्ने छ ।’
पत्रकार सम्मेलनमा आरएससिसी चेकिङकोअ अनुभवन सुनाउदै ‘चालक खुट्टै टेक्न नसक्ने अवस्थामा फेला पर्यो’ उनले भने ‘स्वास्थ्य परिक्षण गराउदा मादक पदार्थ सेवन गरेको पनि देखिएन । त्यसैले लापसे चेक जाँचको तयारी गरेका हौ ।’
ट्रापिवm सप्ताह बैशाख २५ गतेदेखी ३१ गतेसम्म सञ्चालनमा आउने छ । त्यस बिचमा कार्यालयले चुमनुब्री गाउँपालिका बाहेकका सबै स्थानिय तहहरुमा सचेतना कार्यक्रम सञ्चालन गर्न १० जना ट्राफिक प्रहरीलाई जिम्मेवारी दिएर सम्वन्धीत पालिकामा पठाएको पनि पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।
साता ब्यापी कार्यक्रममा स्वयंसेवक परिचालन तथा प्रशिक्षण, ग्रामिण सडक लक्षित प्रशिक्षण, चालक र परिचालकलाई, सडक प्रयोगकर्तालाई प्रशिक्षण कार्यक्रम राखिएको छ । साथै सोही अवधीमा सवारी चालकको स्वास्थ्य परिक्षण (लापसे), सडकमा नै चालक र यात्रुसंग १ मिनेट कार्यक्रम गरी करिब १ लाख मानिसलाई प्रशिक्षण गराउने लक्ष्य कार्यालयले राखेको छ ।


