×
शुक्रबार, भदौ २६, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

सुन ताेलामा ४८ सयले घट्याे
  • १५ घण्टा अघि

आज कुशे औँसी
  • १८ घण्टा अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १८ घण्टा अघि

चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
  • १८ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना
  • १८ घण्टा अघि

किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग
  • २ दिन अघि

सुन र चाँदीकाे भाउ बढ्याे
  • २ दिन अघि

एनएफपिजे नेपालद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ७७ हजार ७७७ रुपैयाँ सहयोग
  • २ दिन अघि

प्रधानमन्त्री दैवी प्रकाेप उद्धार काेषमा गाेरखाकाे बद्री-चित्र मास्के प्रतिष्ठानद्वारा ३ लाख बढी सहयाेग
  • २ दिन अघि

गोरखाको मुच्चोकमा रहेको गुफाको प्रचार गर्न आज गुफामा बैठक बस्दै

  •  गोरखा समाचार
  • शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    गोरखा । अजिरकोट गाउँ कार्यपालिकाको ११५ औं बैठक हात्ती सुँडे गुफामा बस्ने तयारी पुरा भएको छ । अजिरकोट गाउँपालिका–५ मुच्चोकस्थित साउने गाउँमा रहेको पुरातात्विक महत्व वोकेको हात्ती सुँडे गुफाको प्रचारप्रसार, संरक्षण र सम्बद्र्वधनका लागि गुफामा शनिबार कार्यपालिकाको बैठक बस्न लागिएको गाउँपालिकाकी उपाध्यक्ष अनिता भुजेलले जानकारी दिए ।

    ‘‘कार्यपालिकाका सवै सदस्यलाई गुफाको बारेमा जानकारी दिन र अध्ययन अवलोकनको अवसरसंगै बैठकको माध्यमबाट गुफाको व्यापक प्रचारप्रसार गर्नका लागि गाउँ कार्यपालिकाको बैठक पनि गुफामा बस्न लागिएको हो, उनले भने, ‘‘यसबाट पुरातात्विक महत्व बोकेको हात्ती सुँडे गुफालाई परिचित बनाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।’’

    पालिका भित्रका ऐतिहासिक, पुरातात्विक, पर्यटकीय तथा धार्मिक क्षेत्रको प्रचारप्रसारका लागि अजिरकोट गाउँपालिकाले बिभिन्न रणनीति अपाउदै आएको छ । जस अन्तरर्गत हात्ती सुँडे गुफामा गाउँ कार्यपालिकाको बैठक गरेर गुफाको प्रचार गर्न लागिएको उपाध्यक्ष भुजेलले जानकारी दिईन ।

    हात्ती सुँडे गुफा बिस २०६० कात्तिकको लक्ष्मीपूजाका दिन पत्ता लागेको हो । स्थानीय बाबुराम देवकोटा र शैलेन्द्र गुरुङले ओडार देखेपछि भित्रछिर्दै जाँदा साउने गाउँमा आर्कषक गुफा पत्ता लागेको स्थानीयको भनाई छ । ‘‘अन्यत्त्र रहेका गुफाहरुभन्दा फरक चित्राकृति रहेको उक्त गुफामा २ तला रहेको छ, बाहिरबाट गुफा प्रवेश गरेपछि तल्लो तलाबाट चढेर माथिबाटै निस्कन मिल्ने खालको छ,’’ उनले भने ।

    गुफाको पर्याप्त प्रचार गर्नसके अजिरकोटमा आन्तरिक तथा बाह्य पर्यटक भित्र्याउन सकिने गाउँपालिकाले विश्वास लिएको छ । अजिरकोट गाउँपालिकाले हात्ती सुँडेको गुफालाई स्थानीय पाठ्यक्रममा समेत समेटेको छ ।

    पर्यकीय दृष्टिकोणले महत्वपूर्ण मानिएको उक्त गुफा संरक्षण र सम्बद्र्वधनका लागि गाउँपालिकाले बजेट बिनियोजन गर्दै आएको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए ।

    लेखकबाट थप:

    • सुन ताेलामा ४८ सयले घट्याे
    • आज कुशे औँसी
    • नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    • चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन
    • आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    शनिबार, बैशाख २२, २०८१ मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    सुन ताेलामा ४८ सयले घट्याे
    आज कुशे औँसी
    नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. सुन ताेलामा ४८ सयले घट्याे

    • २. आज कुशे औँसी

    • ३. नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ४. चितवनमा इभी कारमा आगलागी, चालकको मृत्यु, पहिचान हुन सकेन

    • ५. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै, केही स्थानमा भारी वर्षाको सम्भावना

    • ६. किर्तिपुरकाे अमृतनगर नागरिक समाजद्धारा काेषमा १ लाख ११ हजार १११ रुपैयाँ सहयाेग

    • ७. सुन र चाँदीकाे भाउ बढ्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.