गोरखा । १७ बर्षिया बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा गोरखा प्रहरीले १ जना युवकलाई पक्राउ गरेको छ ।
प्रहरीले सिरानचोक गाउँपालिका–३ पात्ले पानी निवासी २१ बर्षका सविन थापालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
आरोपित थापाले सोही स्थानमा बस्ने य कुमारी (नाम परिवर्तन)लाई असार ८ गते शुक्रबारका दिन बिहान ११ः०० बजेको समयमा जबरजस्ती करणी गरेको भन्दै उनका आफन्तले प्रहरीमा उजुरी दर्ता गराएको प्रनाउ तथा सूचना अधिकारी श्रेष्ठले बताए ।
थापालाई गोरखा प्रहरीले असार २३ गते शनिबार पक्राउ गरेको थियो । थापालाई २४ गते आईतबारका दिन जबरजस्ती करणी कसूर शिर्षकमा मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीका हिरासतमा राखेको छ ।
घटनाका सम्वन्धमा थप अनुसन्धान सुरु गरेको गोरखा प्रहरीले जनाएको छ ।


