गोरखा । गोरखा नगरपालिकाका मेयर कृष्णवबहादुर राना मगर राष्ट्रिय निर्देशन समितिको सदस्यमा मनोनित भएका छन् ।
मेयर रानालाई यहीँ असार ७ गतेको मन्त्री स्तरीय निर्णयले मनोनित गरिएको हो । समितमा देशैभरबाट ८ जना पालिका प्रमुखलाई मनोनित गर्ने प्रचलन रहेको छ ।
संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत प्रदेश तथा स्थानीय शासन प्रणााली र प्रकिया एंवम अन्तर सरकारी सम्बन्ध सुद्विढ गरि नागरिकको लागि सहकारी संघियताको लाभहरु अभिबृद्वि गराउने तथा स्थानिय तहमा क्षमता अभिबृद्वि गरी नागरिक सेवा र बिकास ब्यबस्थापनलाई प्रभाबकारी बनाउने उदेश्यका साथ आर्थिक बर्ष २०७६–०७७ बाट यो कार्यक्रम सञ्चालित हुँदै आएको छ ।
प्रदेश तथा स्थानीय शासनको सहयोग कार्यक्रमको संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मन्त्रीको अध्यक्षतामा रहदै आएको मन्त्रालयले जनाएको छ ।



