उत्तरी गाेरखामा उत्पादीत स्याउ
गोरखा । उत्तरी गोरखाको चुमनुब्री गाउँपालिका भित्र उत्पादन हुने स्याउलाई मनास्लु स्याउ नामकरण गरी ब्राण्डिङ गरिने भएको छ । गाउँपालिकाले पालिका भित्र उत्पादित स्याउको निर्यात बढाउनका लागि स्याउको नामाकरण मनास्लु स्याउ राखेर ब्राण्डिङ गर्ने घोषणा गरिएको गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।
‘हिमाली क्षेत्र पर्ने भएकाले चुमनुब्री गाउँपालिका स्याउको राम्रो उत्पादनको हुने गाउँपालिका हो, उहाँले भन्नुभयो, ‘गाउँपालिकाको आगामी आर्थिक बर्ष २०८०÷०८१ को नीति तथा कार्यक्रममा पालिका भित्र उत्पादित स्याउको नामकरण गरी मनास्लु स्याउ राखेर बजारसम्म पु¥याउने गाउँपालिकाले नीति रहेको छ ।’
सडक यातायातको पहुँच नपुगेकाले चुमनुब्रीमा उत्पादन हुने स्याउ बजारसम्म पु¥याउन पनि कठिन हुने र हेलिकप्टरबाट ढुवानी बजारमा पुग्दा महंगो पर्न जाने भएकाले बजारीकरणमा कठिनाई हुँदै आएको अध्यक्ष लामाको भनाई छ ।
‘अब सिंगो पालिकामा उत्पादन हुने स्याउको नामाकरण गरि एउटै ब्राण्डको स्याउको रुपमा बजारसम्म पु¥याउने हाम्रो योजना छ, उहाँले भन्नुभयो,‘यसो गर्दा स्याउको बजार पनि बिस्तार हुने र चुमनुब्रीको स्याउ बजारमा पहिचान पनि बनाउन सक्ने अबस्था हुन्छ ।’
अध्यक्ष लामाले गाउँपालिका नीति तथा कार्यक्रममा नै चुमनुब्री भित्र स्याउ उत्पादनमा जोडदिदै बजारीकरणका लागि गाउँपालिकाले पहल गर्ने योजना बनाएको बताउनुभयो । ‘कृषि पेशा अन्तरगत पनि यस क्षेत्रको प्रमुख आयआर्जन व्यवसायिक स्याउ खेती एक प्रमुख कृषि पेशा हो, उहाँले भन्नुभयो,‘हावापानीका हिसावले पनि राम्रो उत्पादन हुने क्षेत्र भएकाले यसलाई प्राथामिकीकरण गरेर जानुपर्छ भन्ने स्थानीय सरकारको जोड छ ।’
रासस


