साँकेतिक तस्बिर
गोरखा । जिल्लाको ठुला ढुङ्गास्थित खोल्सामा ८५ बर्षिया बृद्वा मृक्त अवस्थामा फेला परेकी छिन् । बारपाक सुलिकोट गाउँपालिका–८ जराङ घर भएकी सुकमायाँ बराम मृक्त फेला परेकी हुन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले दिएको जानकारी अनुसार बारपाक सुलिकोट गाउँपालिका–६ ताकुकोट ठुला ढुङ्गास्थित खोल्सामा अर्ध घोप्टो अवस्थामा बरामको मृक्त शरिर फेला परेको हो ।
बारपाक सुलिकोट गाउँपालिका–८ जराङ घर भएकी बराम सोही गाउँपालिका–६ अर्चलेस्थित छोरीको घरमा केही दिनदेखी बस्दै आएको र घर जान भनि मंगलबार निश्केकी उनी सम्र्पक बिहीन भए पछि स्थानिय र प्रहरीले खोजी गरेको थियो ।
खोजीको क्रममा सुकमाया बिहीबार मृक्त फेला परेको र घटना प्रकृति मुचुल्क पछि शव आफन्तलाई बुझाईएको प्रहरीले जनाएको छ ।
घटनाका सम्बन्धमा प्रहरीले प्रारम्भिक अनुसन्धानमा मृक्तकले लगाएको सबै गरगहना उनै संग फेला परेको कारण हत्या नभएको तर पनि थप अनुसन्धान सुरु गरिरहेको जनाएको छ ।




















