साँकेतिक तस्बिर
गोरखा । चोरी मुद्धाका फरार अभियुक्तलाई जिल्ला प्रहरी कार्यालय गोरखाले पक्राउ गरेको छ ।
फैसला कार्यान्वयन गर्ने सिलसिलामा गोरखा जिल्ला अदालत गोरखाबाट कैद र जरिवानाको सजाय पाएका गोरखा नगरपालिका–८ का २१ बर्षका दिपेश भनिने राकेश मजकोटीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका मजकोटीलाई अदालतले ७ हजार रुपैया जरिवाना सहित ९ दिन कैद सजायको फैसला गरेको थियो ।
उनलाई पक्राउ परेकै दिन कैद तथा जरिवाना असुलका लागि गोरखा अदालतको आदेशबाट गोरखा कारागारमा पठाइएको प्रहरीले जानकारी दिए ।




















