गोरखा । दुई साता अगाडी गोरखा जिल्लामा सवारी दुर्घटना गराएर फरार रहेका १ जना चालकलाई गोरखा प्रहरीले पक्राउ गरेको छ ।
असार ८ गते जन्ती लिएर फर्कन क्रममा शहिदलखन गाउँपालिका–३ को सिलिङ नजिकैको कोटगाउँबाट पोखरीडाँडा तर्फ फर्कने क्रममा प्रदेश ३–०१–०२३ च २४२७ नम्बरको जिप दुर्घटना पछि फरार रहेका शहिदलखन गाउँपालिका–३ बस्ने चालक २६ बर्षका दोषबहादुर थापालाई पक्राउ गरिएको गोरखा प्रहरीले जनाएको छ ।
बिहान २ बजे भएको उक्त दुर्घटनामा परी शहिदलखन गा।पा। वडा नं।५ पोखरीडाँडा बस्ने बर्ष २२ को प्रविण थापा, ऐ। ऐ। बस्ने बर्ष २४ को बिर बहादुर थापा, ऐ। ऐ। बस्ने बर्ष १८ को निरज थापा, ऐ। ऐ। बस्ने बर्ष १७ की नबिना थापा र ऐ। ऐ। बस्ने बर्ष ६४ को थान बहादुर थापा गरी जना(५ को घटनास्थलमा नै मृत्यु र १२ जना घाईते भएका थिए ।
उक्त दुर्घटनामा ज्यान गुमाउनेका परिवारले सवारी ज्यान कसूर शिर्षकमा मुद्वा दर्ता गराए पछि चालक दोषबहादुरलाई प्रहरीले असार १९ गते मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
पक्राउ परेका चालकलाई आज सवारी ज्यान कसूर शिर्षकमा मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट म्याद थप गरि प्रहरीको हिरासतमा राखिएको छ । पक्राउ परेका चालक र दुर्घटनाका सम्वन्धमा थप अनुसन्धान सुरु गरीएको प्रहरीले जनाएको छ ।


