गोरखा । साथी साथी बिच सामान्य विवादमा दाउराको चिर्पट प्रहार गरी हत्या गरेको आरोपमा खोप्लाङका १ जना पुरुषलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको छ ।
हत्या आरोप पालुङटार नगरपालिका–१ खोप्लाङका ५३ बर्षिय पर्शुराम सुनार भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
उनका अनुसार असार १५ गते सामान्य विवाद हुदा सुनारले राती ८ बजेको समयमा खोप्लाङको भाईकृण्ण सुनारले सञ्चालन गरेको एसउनएस एकिकृत कृषि तथा पशुपक्षी फर्ममा काम गर्ने चितवन जिल्ला भरतपुर महानगरपालिका–२० चन्द्रनगर घर भएका ३४ बर्षका आईतराम कामीलाई टाउकोमा चिर्पटले हानेर गंभिर घाईते बनाएका थिए ।
घटना लगत्तै फर्म सञ्चालक भाईकृण्णले देखी उनलाई गोरखामा सामान्य उपचार पछि तत्कालै थप उपचारको लागि पोखरा लगिएकोमा उपचारकै क्रममा आईतरामको असार १८ गते दिउसो २ बजे निधन भएको थियो ।
घटनाको अनुसन्धान गरेको प्रहरीले आईतरामको हत्या आरोपमा असार १८ गते पर्शुरामलाई गोरखा प्रहरीले नियन्त्रणमा लिन सफल भएको थियो ।
आईतराममा आफन्तले गोरखा प्रहरीमा किटानी जाहेरी दिएको छ । हत्या आरोपीत पर्शुरामलाई मंगलबार कर्तब्य ज्यान कसूर शिर्षक मुद्वा दर्ता गरी गोरखा जिल्ला अदालतबाट अनुसन्धानका लागि म्याद थप गरिएको सूचना अधिकारी श्रेष्ठले जानकारी दिए ।
सुनारलाई प्रहरीको हिरासतमा राखेर थप अनुसन्धान थालिएको पनि गोरखा प्रहरीले जनाएको छ ।


