गोरखा । हिजो गोरखामा घर भत्किएर घाईते भएका १ जना पुरुषको उपचारको क्रममा राजधानीमा ज्यान गएको छ । घरको धन्सार भत्किएर पुरिएका ६५ बर्षका रामकृण्ण बरामको राजधानीमा उपचारको क्रममा ज्यान गएको हो ।
गण्डकी गाउँपालिका–४ फुजेलको पाटापाटी (ढाबे) मा जंङबहादुर बरामको घर बनाउने क्रममा मंगलबार बिहान एक्कासी धन्सार भत्किएको थियो । भत्किएको धन्सारले च्यापेका बरामलाई स्थानियले उद्वार गरेर उपचारको लागि राजधानी लगिएको थियो । उनको उपचारकै क्रममा दिउसो ज्यान गएको पारिवारीक स्रोतले पुष्टी गरेको हो ।
सोही घटनामा परी जंङबहादुरका श्रीमती ४१ बर्षिया मिना बरामको मंगलबार बिाहान नै घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
घरको धन्सारमा बास बिच्छाएर माटो हाल्ने क्रममा धन्सार भत्किएर उक्त घटना भएको स्थानियले जानकारी दिएका छन् । धन्सार भत्किदा जंङबहादृुर उनका २१ बर्षिय छोरा सुजन बराम भने सामान्य घाईते भएका थिए ।




















