गोरखा । गोरखाको गण्डकी गाउँपालिकामा घर बनाउने क्रममा भत्किएर १ जनाको ज्यान गएको छ । १ जना गभिर घाईते भएका छन् ।
गण्डकी गाउँपालिका–४ फुजेलको पाटापाटी (ढाबे) मा जंङबहादुर बरामको घर बनाउने क्रममा मंगलबार बिहान ९ बजेको समयमा एक्का धन्सार भत्किदा ४१ बर्षिया मिना बरामको घटना स्थलमा नै ज्यान गएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।
प्रनाउ श्रेष्ठका अनुसार मृत्तक जङबहादुर बरामका श्रीमती हुन । जंङबहादुर र उनका छोरा २१ बर्षिय सुजन बराम पनि सामान्य घाईते भएका छन् ।
सोही घटनामा परि छिमेकी ६५ बर्षका रामकृण्ण बराम भने गंभिर घाईते भएका छन् । उनलाई उपचारको लागि राजधानी तर्फ लगिएको पनि गोरखा प्रहरील जानकारी दिएको छ । घाईते बरामको कम्मर मुनीको भाग च्यापिएको र स्थानियले उद्वार गरेका थिए ।




















