गोरखा । मानसिक अवस्था सुस्त भएकी एक महिलालाई बलात्कार गरेको भन्दै प्रहरीले १ जना पुरुषलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा शहिदलखन गाउँपालिका–१ को सानो दिप्लिङका ४५ बर्षिय नारायणबहादुर राना भएको गोरखा प्रहरीले पुष्टी गरेको हो ।
रानाले सोही स्थानमा बस्ने २९ बर्षिया ‘म कुमारी’ नाम परिवर्तनलाई असार १६ गते सनिबारका दिन दिउसो १२ः०० बजेको समयमा जबरजस्ती करणी गरेको भन्ने उजुर परे पछि १७ गते प्रहरीले पक्राउ गरेको थियो ।
उनलाई १८ गते सोमबार गोरखा जिल्ला अदालतबाट जबरजस्ती करणी कसूर शिर्षकमा म्याद थप गरी प्रहरी हिरासतमा राखेर अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक तथा सूचना अधिकारी रमेशकुमार श्रेष्ठले जानकारी दिए ।




















