गोरखा । कोशी प्रदेशमा भएको एक खेलमा गोरखाका नवराज गुरुङले प्रथम स्थान हातपार्न सफल भएका छन् । इटहरिमा आयोजना गरियको मोर्डन पेन्टाथलन प्रतियोगितामा गुरुङले प्रथम स्थान हातपार्न सफल भएका हुन् ।
मोर्डन पेन्टाथलोन फेडेरेसन कोशी प्रदेशले यहि असार १५ र १६ गते सञ्चालन गरेको प्रतियोगितामा उनले स्वर्ण पदक जितेको गण्डकि प्रदेश मोर्डन पेन्टाथोलन फेडेरेशन नेपालका कोषाघ्यक्ष किरण ढकालले जानकारी दिए ।
ढकालका अनुसार उनले खुल्ला इभेन्टमा स्वर्ण जितेका थिए । प्रतियोगितामा कोशी प्रदेश लेजर रनमा ११ स्वर्ण पदकसहित प्रथम भएको मोर्डन पेन्टाथलन संघ गण्डकी प्रदेशकी अध्यक्ष कविता अर्यालले जानकारी दिएकी छन् ।
कूल २७ पदकका लागि भएको प्रतिस्पर्धामा लेजर रनतर्फ ११ स्वर्ण, १० रजत तथा ८ कास्य पदक सहीत कोशी प्रदेश प्रथम, ५ स्वर्ण, ५ रजत र ८ कास्य पदक सहित बागमती प्रदेश दोस्रो भएको छ भने १ स्वर्ण सहित गण्डकी प्रदेशले तेस्रो स्थान हात पार्न सफल भएको थियो ।
बिजयी खेलाडी तथा टिमहरुलाई कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्य सचिव हंशराज वाग्ले, मोर्डन पेन्टाथलोन संघका केन्द्रीय अध्यक्ष राजेन्द्र श्रेष्ठ, कोशी प्रदेशसभा सदस्य सपना परियार, निवर्तमान उपसभामुख सरस्वती पोखरेल, मोर्डन पेनटाथलन संघका महासचिव यादव बस्नेत, गण्डकी प्रदेशकी अध्यक्ष कविता अर्याल, कोशी प्रदेश अध्यक्ष कमलबहादुर विश्वकर्मा (राकेश) लगायतले नगद, ट्रफी, पदक तथा प्रमाणपत्र वितरण गरेका थिए ।




