गोरखा । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले आज सदरमुकाममा रहेको गोरखाकाली र गोरखनाथमा विशेष पूजा गरेका छन् ।
चितवनबाट सनिबार राती गोरखा आएका उनले गोरखा दरर्बारमा रहेको गोरखाकाली र गोरखनाथको दर्शन गरे विशेष पूजा अर्चना गरेका हुन् ।
महानिरिक्षक कुवर पूजा लगत्तै राजधानी फर्किएका छन् । त्यस अघि उनले जिल्ला प्रहरी कार्यालयका जुनियर तथा सिनियर प्रहरी कर्मचारीहरुलाई जिल्लाको शान्ति सुरक्षामा कुनै पनि कमी आउन नदिन तथा सर्व साधारण जनतालाई चुस्त दुरुस्त सेवा दिन निर्देशन दिएका थिए ।
कर्मचारीहरुलाई निर्देशन दिदै महानिरिक्षक कुवरले सवै प्रहरी कर्मचारीहरुले पारदर्शी रुपमा काम गर्न भनेको र त्यसो नगरेको खण्डमा दण्डित गरिने बताएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
नेपाल सरकारका गृहमन्त्री नारायणाकाजी श्रेष्ठ आजै बिहान चिनबाट स्वदेश फर्कन लागेका कारण उनी बिहानै राजधानी फर्किएका हुन् ।




