गोरखा । गोरखा सदरमुकामको एक मासु पसलमा ग्यास लिक भएर आगलागी भएको छ । आगलागीबाट पसललाई सामान्य क्षती पुगेको छ ।
आगलागी गोरखा नगरपालिका –६ स्थित आयुर्वेदिक चोक नजिकै रहेको बस्न्यात मासु पसलमा बिहान अन्दाजी ६ः३० बजे ग्यास लिक भइ आगोलागी भएको गोरखा प्रहरीले जानकारी दिएको छ ।
आगलागी भएपछि शसस्त्र प्रहरी, नेपाल प्रहरी र स्थानीयको सहयोगमा आगो तत्कालै नियन्त्रणमा लिइएकाले थियो ।
आगलागीमा परी पसलका सन्चालक सामान्य घाइते भएको प्रहरीले जनाएको छ ।




















