गोरखा । गोरखामा बहुबिवाह गरेको आरोपमा २ जना पक्राउ परेका छन् । प्रहरीले भीमसेन थापा गाउँपालिका–२ तान्द्राङ, पौवा सुनार बस्तीका १–१ जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुनार बस्तीका २४ बर्षिय ठाकुर सुनार र भीमसेन थापा गाउँपालिका–४ धावा, घोप्टेचौतारो निवासी १९ बर्षिया प्रतिमा सुर्खेती भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी प्रमुख प्रहरी उपरिक्षक अनुपम श्रेष्ठले जानकारी दिए ।
ठाकुरले घरमा श्रीमती हुदाहुदै प्रतिमालाई विहे गरेको भन्दै ठाकुरका श्रीमती ममिता सुनारले प्रहरीमा उजुरी गरे पछि दुवैलाई पक्राउ गरीएको प्रहरीले जनाएको छ ।
उजुरीमा जेष्ठ १० बुधबार ५ बजेको समयमा विवाह गरी ल्याएको भन्दै असार १३ गते उजुरी परे पछि दुवै जनालाई पक्राउ गरीएको हो ।
पक्राउ परेका दुवैजना बिरुद्व बहु बिवाह कसूर शिर्षकमा मुद्वा दर्ता गरी असार १५ गते शुक्रबार गोरखा जिल्ला अदालतबाट म्याद थप गरी प्रहरीको हिरासतमा राखिएको छ ।
पक्राउ परेका दुवै जनाका सम्वन्धमा थप अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।


