गोरखा । गोरखाको पालुङटारमा बालिका बलात्कार गरेको भन्दै १ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा पालुङटार नगरपालिका–२ क्योरेनीका २६ बर्षिय युवक टेकबहादुर राना भएको प्रहरीले पुष्टी गरेको हो ।
पक्राउ परेका युवकले असार १३ गते दिउँसो २ः०० बजेको समयमा सोही स्थानमा बसोबास गर्ने १६ बर्षिया नाबालिका हाल नाम परिवर्तित ‘भ कुमारी’लाई जबरजस्ती करणी गरेको भनि जाहेरी दरखास्त परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
भारतीय सेनामा जागिरे रहेका राना आमाको मृत्यु पछि काजक्रिया गर्न नेपाल आएको बुझिन आएको छ । रानालाई ठाटीपोखरी प्रहरीले पक्राउ गरी अडसार मार्फत जिल्ला सदरमुकाम ल्याईएको हो ।
राना बिरुद्व जबरजस्ती करणी कसूर शीर्षकमा मुद्दा दर्ता गरी शुक्रबार गोरखा जिल्ला अदालत गोरखाबाट अनुसन्धानका लागि म्याद थप गरी प्रहरीको हिरासतमा राखीएको प्रहरीले जनाएको छ ।
घटनाका सम्वन्धमा अनुसन्धान सुरु गरीएको प्रहरीले जनाएको छ ।




















