संखुवासभा । संखुवासभाको भोटखोला गाउँपालिकामा आज हेलिकप्टर दुर्घटना भएको छ । दुर्घटनामा परी ४ जना घाइते भएका छन् ।
शुक्रबार दिउँसो करिब १ः१० बजे सिम्रिक एयरको हेलिकप्टर भोटखोला–२ को सिप्रङमा दुर्घनाग्रस्त हुँदा उक्त हेलिकोप्टरमा सवार ४ जना घाइते भएका हुन् ।
घाइते हुनेमा विक्रम नेपाल, स्थानीय छिरिङ भोटे, भविन गुरुङ र सुरेन्द्र पौडेल रहेका संखुवासभाका प्रहरी नायव उपरीक्षक वीरेन्द्र गोदारले जानकारी दिए ।
दुर्घटनाको कारण खुलेको छैन । हेलिकप्टर दुर्घटना हुँदा घाइते भएका मध्ये क्याप्टेन सुरेन्द्र पौडेल र भविन्द्र गुरुङलाई उपचारका लागि काठमाडौँ पठाइएको छ ।
पौडेललाई सिम्रिकको हेलिकोप्टरबाट र गुरुङलाई नेपाली सेनाको हेलिकोप्टरमार्फत काठमाडौँ लगिएको हो ।
अपर अरुण जलविद्युत् आयोजनाको सामान ढुवानी गर्ने क्रममा हेलिकप्टर दुर्घटनामा परेको हो ।





















