फाइल तस्बिर
भैरहवा । पूर्वमन्त्री तथा नेकपा एमालेका सचिव टोपबहादुर रायमाझी पक्राउ परेका छन ।
काठमाडौँ आउँदै गरेका अवस्थामा उनलाई भैरहवाबाट नियन्त्रणमा लिइएको हो । उनलाई काठमाडौँ लगिदै छ ।
नेपालीहरूलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोहलाई सहयोग गरेको आरोपमा पूर्व मन्त्री रायमाझीलाई नियन्त्रणमा लिइएको हो ।
उहनका छोरा सन्दीप रायमाझीको नाममा डेढ करोडको चेक काटिएको भेटिएको पछि उनी पनि संलग्न रहेको आरोपमा बुधवार उनी माथि पक्राउ पुर्जी जारी गरिएको थियो ।




















