हेटौडा । मकवानपुरको भिमफेदी गाउँपालिका–६ को जुरिखेत स्थित हेटौंडा–भिमफेदी–कुलेखानी–काठमाडौं सडकखण्डमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२–०२० प ४२३७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरी कार्यलय मकवानपुरले जानकारी दिएको छ ।
दुर्घटनामापरी मोटरसाइकल चालक बारा जिल्लाको पर्सौनि नगरपालिका–५ का २५ वर्षीय लालबाबु सहनि मलाहा र मोटरसाइकलको पछाडि बसेका सोहि स्थानका २० वर्षीय गोरख भन्ने रवीन्द्र मण्डलको मृत्यु भएको हो ।
दुर्घटनामापरी मोटरसाइकलको पछाडि बसेका मण्डलको घटनास्थल मै मृत्यु भएको भने घाइते भएका मोटरसाइकल चालक मलाहाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवनपुरले जानकारी दिएको छ ।
मृतक दुबैजनाको शव हेटौंडा अस्पतालमा रहेको प्रहरीले जनाएको छ ।


