काठमाडौं । नेपाली कांग्रेस ३ जना नेताहरुलाई आज संघिय मन्त्रीमा नियुक्त गरिएको छ । बुधबार कांग्रेस उपसभापति धनराज गुरुङ, सांसद मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बुलाई मन्त्रीमा नियुत्त गरिएको हो ।
धनराज गुरुङ कानुन, न्याय तथा संसदीय मामिला, बस्नेत स्वास्थ्य तथा जनसंख्या र लिम्बु युवा तथा खेलकुद मन्त्री बनेका छन् ।
नवनियुक्त ३ मन्त्रीमध्ये गुरुङ र लिम्बु शेखर कोइराला समूहका हुन् भने स्वास्थ्य मन्त्री बस्नेत शेरबहादुर देउवा पक्षका हुन् ।
कांग्रेसले पाएको ८ मन्त्रीमा यसअघि पार्टी भित्रको विवादका कारण ५ जनाले मात्रै सपथ खाएका थिए । कोइराला पक्षले आफूहरुले ३ जना मन्त्री पाउनुपर्ने अडान राखेपछि कांग्रेसले मन्त्रीहरु पठाउन सकेको थिएन ।



