कञ्चनपुर । पुनर्वास नगरपालिकाको कार्कीचोकमा आज बिहान आफ्नै छोराले बुवाको हत्या गरेका छन् । हत्या आरोपमा ३० वर्षीय गणेशबहादुर खडकालाई प्रहरीले पक्राउ गरेको हो ।
गणेशबहादुर आफ्नै ७१ वर्षीय बुवा धनबहादुर खड्काको हत्या गरेको प्रहरीले जानकारी दिएको छ । पुनर्वास नगरपालिका–४ कार्कीचोक बस्ने गणेशले सामान्य घरायसी विवादमा काठको लाठीले प्रहार गरी बुवाको हत्या गरेको प्रहरीले जनाएको छ ।
घटना लगत्तै ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान सुरु गरेको जनाएको छ ।


