चितवन । घरको छतबाट खसेर घाइते भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेका गाडी चालक दिलबहादुर थापाको उपचारका क्रममा आज ज्यान गएको छ ।
ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत ३९ वर्षीय थापाको आज मङ्गलवार दिउँसो ज्यान गएको अस्पतालले जनाएको छ ।
चालक थापा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का बासिन्दा हुन ।
गएको वैशाख ४ गते बिहान ४ बजे चितवनको भरतपुर महानगरपालिका–११ मा रहेको लामिछानेको घरको छतबाट खसेर चालक थापा गंभिर घाइते भएका थिए ।
भरतपुरमा सामान्य उपचार पछि थापालाई थप उपचारका लागि राजधानीमा रहेको मेडिसिटी अस्पतालमा ल्याइएको थियो ।


