धादिङ । नौबिसेको गणेशखोला पुल १८ घन्टापछि एकतर्फी रूपमा सञ्चालनमा आएको छ । पुलको मुखनेर जमिन भासिएपछि सोमबार दिउसो ४ः३० बजेदेखी पृथ्वी राजमार्गको नौबिसे खण्ड अवरूद्ध भएको थियो ।
पुल भासिए लगत्तै थप मद्वतका लागि नेपाली सेनाका जवानहरुले रातदिन काम गरेर मंगलबार बिहान १०ः३० बजेबाट एकतर्फी सवारी सञ्चालनमा ल्याउन सफल भएका थिए ।
पुल भएको जमिन भासिएको ठाउँमा ग्याबिन हालेर राजमार्ग सञ्चालनमा ल्याएको हो ।
बाटो मर्मतमा नेपाल प्रहरीको टोली पनि संलग्न भउका थिए ।
तस्बिर : सरोज पौडेलको फेसबुकबाट


