धादिङ । धुनीबेशी नगरपालिका–६ स्थित गणेश खोला सञ्चालनको लागि नेपाली सेना परिचालन गरिएको छ । सोमबारदेखि गणेश खोला माथी बनेको पुल भासिदा पृथ्वी राजमार्गको नौबिसे सडकखण्ड ठप्प छ ।
सोमबार करिब ४ः३० बजेदेखि सडक अवरुद्ध भएको प्रहरीको जानकारी दिएको छ ।
पहिरो गएलगत्तै सोहि स्थानमा धादिङस्थित गणबाट खटिएको नेपाली सेनाको इन्जिनियर टोलीले सडक विभागका कर्मचारीसँग सहकार्य गरि काम गरिरहेको छ ।
रातभरी करिब १० फिटबाट ग्याविन वायर लगाएर माटो र ढुंगा भर्ने काम गरिरहेको नेपाली सेनाले जनाएको छ ।
अवरुद्ध सडक जतिसक्दो छिटो खुलाउन आज बिहानैबाट थप सेना परिचालन गरिएको पनि जनाइएको छ । उक्त सडक आज दिउसोदेखी सञ्चालनमा आउन सक्ने अनुमान गरिएको छ ।




















