काठमाडौँ । निरा पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा ९ दिन पछि झापाबाट विनोद विकलाई पक्राउ गरेको हो । उनी शनिबार पक्राउ परेका हुन् ।
कपनको सरस्वतीनगरीस्थित निरा किचन सञ्चालन गर्दै आएकी पाण्डेको गत वैशाख ७ मा रहस्यमय तरिकाले हत्या भएको थियो । प्रहरी स्रोतका अनुसार बिकलाई झापा नै पुगेर पक्राउ गरिएको हो, उनी काठमाडौँमा पाण्डेको हत्या गरी झापातर्फ फरार भएका थिए ।
नौ दिनसम्म पनि पाण्डेको हत्यारालाई पक्राउ नगरेको भन्दै आफन्तजनले शनिवार मात्रै काठमाडौँमा प्रदर्शन गरेका थिए भने सरकारले शुक्रबार मात्रै विशेष छानबिन समिति गठन गरेको थियो । उनको हत्यारालाई पक्राउ गर्नका लागि गगन थापालगायतले संसदमा पनि आवाज उठाएका थिए ।
नौ दिन पछि पक्राउ परेका बिकलाई औपचारिक रुपमा आइतबार मात्रै सार्वजनिक गर्ने जनाइएको छ ।


