×
शनिबार, भदौ २७, २०८३  
  • Preeti to Unicode
  • विज्ञापन
  • सम्पर्क
  • हाम्रो बारेमा
  • होम
    • समाचार
    • गोरखा समाचार
    • बिदेश
    • अर्थ-बाणिज्य
    • राजनीति
    • लेख / विचार
    • फोटो-फातो
    • पर्यटन
    • मनोरञ्जन
    • खेलकुद
    • अन्य
      • प्रविधि
      • अन्तर्वार्ता
      • घुमफिर
      • राशीफल
      • रोचक
      • समाज
      • स्वास्थ्य शिक्षा
  • ताजा

ताजा अपडेट

बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
  • ३ घण्टा अघि

गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
  • ३ घण्टा अघि

उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
  • ६ घण्टा अघि

बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
  • ७ घण्टा अघि

नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • ७ घण्टा अघि

आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै
  • ८ घण्टा अघि

सुन ताेलामा ४८ सयले घट्याे
  • १ दिन अघि

आज कुशे औँसी
  • १ दिन अघि

नेपाल राष्ट्र बैंकले शुक्रबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर
  • १ दिन अघि

कतारमाथि नेपालको जित, बन्यो समूहविजेता

  •  गोरखा समाचार
  • बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित
    Advertisement
    Advertisement
    • अ
    • अ
    • अ

    काठमाडौं । एसीसी प्रिमियर कप अन्तरगत समूह चरणको आफ्नो अन्तिम खेलमा कतारविरुद्ध जित हात पार्दै नेपाल समूह विजेता बनेको छ । पहिलो इनिङमा खराब ब्याटिङ गरेको नेपाललाई बलिङले जित दिलाएको हो । नेपालको जितमा सन्दीप लामिछाने नायक बने ।

    टस हारेर पहिलो ब्याटिङ गरेको नेपालले १५८ रनको सामान्य लक्ष्य प्रस्तुत गरेको थियो । सन्दीपले ५ विकेट लिएपछि कतार २५।१ ओभरमा ८९ रनमै अलआउट भयो । नेपालका लागि सोमपाल कामीले पनि महत्वपूर्ण तीन विकेट लिए ।

    उच्च फर्ममा रहेका नेपाली ब्याट्सम्यानहरुले आज कमजोर मानिएको टिमविरुद्ध अपत्यारिलोरुपमा खराब प्रदर्शन गरेका थिए । प्रतिकुल कन्डिसनलाई हेरेर धैर्यता अपनाउन नसक्दा ब्याट्सम्यानहरु फ्लप भए । १११ रनमा ९ विकेट गुमाइसकेको नेपाललाई उनै सन्दीपले आंशिक उद्दार गरेका थिए । उनले १० औं नम्बरमा आएर बहुमूल्य ४२ रन जोडे । उनको त्यही इनिङले नेपाललाई अलिकति आशा दिलाएको थियो । नभन्दै म्याचमा सन्दीपको इनिङ नै निर्णायक सावित भयो ।

    अन्तिम विकेटका लागि सन्दीप र अर्का स्पिनर ललित राजवंशीबीच ४६ रनको महत्वपूर्ण साझेदारी भएको थियो । उक्त साझेदारीमा ललितले १ रन मात्रै बनाए पनि सन्दीपलाई बलियो साथ दिएका थिए । तर, उनी एलबिडब्लू आउट भएपछि सन्दीप अर्धसतकसम्म पुग्न सकेनन् ।

    यसअघि नेपालले खराब सुरुवात गर्दै २ रनमै पहिलो विकेटका रुपमा कुशल भुर्तेललाई गुमाएको थियो । भिम सार्की पनि आज चलेनन् । त्यसपछि आसिफ शेख र रोहितले नेपाललाई उकास्ने प्रयास गरेका थिए । उनीहरुले ४८ रनको साझेदारी गर्दै इनिङ सम्हाले । तर, ५७ रनको स्थितिमा आसिफ आउट भएपछि विकेटका चाङ लाग्यो । आसिफले २७ बलमा १९ रन बनाए । रोहितलाई विवादास्पदरुपमा क्याच आउट दिइएपछि नेपाल संकटमा परेको थियो । रोहितले आउट हुनुअघि ३६ बलमा २७ रन जोडेका थिए ।

    नेपालले आज सोमपाल कामीलाई पाचौं नम्बरमा प्रमोसन गरेको थियो । तर, यो प्रयोग असफल भयो । आरिफ शेख, दिपेन्द्र सिंह ऐरी र गुल्शन झा पनि चल्न सकेनन् । अन्तिम विकेटका लागि सन्दीप र ललितको साझेदारीले नेपाललाई राहत दियो ।

    कतारका अमिर फारुकले सर्वाधिक ४ विकेट लिए । उनले ९।३ ओभरमा ४२ रन खर्चिए । ओवासिस अहमदल् १० ओभरमा ३६ रन खर्चिएर तीन विकेट लिँदा, गयान मुुनाविराले दुई तथा, इक्रामुल्लाह खानले एक विकेट लिए

    दोस्रो इनिङमा कतारले खराब ब्याटिङ र नेपालले उत्कृष्ट बलिङ गर्यो । कतारको ब्याटिङमा ओपनर जाहिर इब्राहिम र खुर्रम शाहजादले सर्वाधिक १५–१५ रन जोडे । अमिर फारुख १४ रनमा आउट हुँदा अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    नेपालका लागि सन्दीपले पाँच विकेट झार्ने क्रममा ९।१ ओभरमा तीन मेडन राख्दै १४ रन खर्चिए । सोमपाल कामील तीन र ललित राजवंशीले दुई विकेट लिए ।

    समूह ए को नेपालले पहिलो खेलमा मलेसियालाई ६ विकेटले पराजित गर्दै सुखद सुरुआत गरेको थियो । दोस्रो खेलमा ओमानलाई ८४ रनले पराजित गर्दै नेपालले लगातार दुई जित निकालेको थियो ।
    तेस्रो खेलमा पानि परेका कारण खेल हुन नसक्दा साउदीसँग अंक बाड्दै नेपाल एक खेल अगावै सेमिफाइनल पुगेको थियो ।

    आज मुलपानी मैदानमा जारि कुवेत र हङकङविरुद्धको खेलमा हङकङ विजयी भए नेपालले सेमिफाइनलमा यूएईसँग खेल्नेछ भने, कुवेत विजयी भए कुवेतसँग खेल्नेछ ।

    सेमिफाइनलका दुवै खेल १६ गते हुनेछन् । भने, फाइनल १८ गते हुनेछ । यो प्रतियोगिताको विजेताले आगामी सेप्टेम्बरमा पाकिस्तानमा आयोजना हुने एसिया कपमा स्थान बनाउनेछन् ।

    लेखकबाट थप:

    • बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    • गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    • उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    • बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)
    • नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    बिहिबार, बैशाख १४, २०८० मा प्रकाशित

    लेखक बाट थप

    गोरखा समाचारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई [email protected] मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक , ट्विटरमा, युट्युब पनि जोडिन सक्नुहुन्छ ।

    Advertisement
    तपाईको प्रतिक्रिया
    संबन्धित शिर्षकहरु
    बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै
    गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे
    उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै
    Gorkha Samachar

    © Foreign Exchange Rates
    ताजा अपडेट
    • १. बराम समुदायबाट पहिलाे पटक गाेरखाका किरण नेपाल सरकारकाे उप सचिव हुदै

    • २. गोरखाबाट उद्धार गरिएकी गर्भवती महिलालाई राजधानीकाे प्रसुती गृह लगियाे

    • ३. उत्तरी गोरखाबाट गर्भवती महिलाकाे हेली मार्फत उद्वार हुदै

    • ४. बाढी र पहिरोका कारण देशका प्रमुख राजमार्ग प्रभावित (सूचीसहित)

    • ५. नेपाल राष्ट्र बैङ्कले शनिबारकाे लागि निर्धारण गरेकाे विदेशी मुद्राको विनिमयदर

    • ६. आजकाे माैसम : देशभर मनसुनी वायुको प्रभाव कायमै

    • ७. सुन ताेलामा ४८ सयले घट्याे

    धेरै पढिएको
    • १. गाेरखा बजारकी लक्ष्मीदेवी बस्नेतकाे बिर अस्पतालमा उपचार जारी

    • २. सुन ताेलामा ३१ सय रुपैयाँले घट्याे

    • ३. सहसचिव र उपसचिव सहित २३ जनाको सरुवा (सूचीसहित)

    • ४. गोरखा सदरमुकामबाट फरार अभियुक्त पक्राउ

    • ५. सुन ताेलामा ३ हजारले घट्याे

    सुजल मिडिया प्राली
    गाेरखा नगरपालिका-६, गाेरखा
    ९८५६०४०५०९
    [email protected]

    सुचना विवाग दर्ता नम्बर:2226/077-78

    प्रकाशक तथा कार्यकारी संपादक
    सुशिलबाबु श्रेष्ठ
    प्रधान सम्पादक
    संगम घिमिरे

    गोरखा समाचार नेपाली भाषाको डिजिटल न्युज पोर्टल हो। गण्डकी प्रदेश अन्तर्गत गोरखा जिल्लामा यसको केन्द्रीय कार्यालय छ। हामी गोरखाका स्थानीय समाचारलाई प्राथमिकताका साथ प्रकाशन गर्छौं। अहिलेको युग सूचना र प्रविधिको हो। Read More

    Copyright ©2026 Gorkha Samachar गोरखा समाचार | All rights Reserved.  Website By :  nTech.