दमौली । तनहुँ–१ मा मतगणना जारी छ । मुख्य निर्वाचन अधिकृतका कार्यालयका अनुसार अहिलेसम्मको मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णी वाग्लेको अग्रता कायमै छन् ।
अहिलेसम्म २० वटा वडाको २९ हजार ८०२ मत गणना सकिदा वाग्लेले ६ हजार ४०४ मतले अग्रता कायम गरेका छन् ।
दिउसो २ः३० बजेसम्म ४२ वडा मध्ये २० वडाको मतपत्र गणना गरेर सकिएको हो । तनहुँ–१ मा मतदाता संख्या १ लाख २३ हजार ३०५ जना रहेका थिए ।
तनहुँ – १ अपडेट २९,८०२ मतगणनामा
नेपाली काँग्रेस (रुख) गोविन्द भट्टराई ८,७३१
नेकपा एमाले (सूर्य) सर्वेन्द्र खनाल ४,९९९
रास्वपा (घण्टी) डा.स्वर्णिम वाग्ले १५,१३५
अन्तर ६,४०४




















