वीरगञ्ज । उपनिर्वाचन अन्तर्गत आइतबार जारी मतदानको क्रममा बाराको देवताल गाउँपालिका–७ मा रहेको मतदान केन्द्रबाट २ वटा मतपत्र लिएका १ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
वडा कार्यालय पिपरवती जब्दीमा रहेको मतदान केन्द्रमा रामसागर यादवको साथबाट प्रहरीले २ वटा मतपत्र फेला पारेको थियो । छाप लगाइएको २ वटा मतपत्र लिएको पाएपछि यादवलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका यादव जनता समाजवादी पार्टीका नेता भएको बताइएको छ । उनी अहिले प्रहरी नियन्त्रणमा रहेका छन् ।
यस्तै कल्याणपुर मतदान केन्द्रबाट ४ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मतदान केन्द्रमा हो–हल्ला गरिरहेका उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।


