साँकेतिक तस्बिर
पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरर्गत जोरधारमा आज बस दुर्घटना हुदा १ जनाको मृत्यु भएको छ भने ११ जना घाईते भएका छन् । पाल्पाबाट बाग्लुङ तर्फ गइरहेको बस दुर्घटनामा परेको हो ।
सिद्धार्थ राजमार्ग अन्तर्गतको तिनाउ–५, जोरधारा नजिकै आइतबार बिहान बस दुर्घटना भएको पाल्पा प्रहरीले जनाएको छ ।
प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा परेर १ जना महिलाको मृत्यु भएको छ । मृतकको पहिचान खुल्न सकेको छैन । घाइते सबैलाई लुम्बिनी मेडिकल कलेज पठाइएको छ ।
बुर्तिबाङ्तर्फ गइरहेको लु १ ख ५९५६ नम्बरको बस आज बिहान दुर्घटनामा परेको हो । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


