साँकेतिक तस्बिर
काठमाडौँ । साँखु लप्सीफेदीको जंगलमा आज एकै पटक ४ वटा टिपर एकसाथ दुर्घटनामा परेका छन् ।
शनिबार बिहान इन्द्रावतीबाट निर्माण सामग्री बोकेर आएका टिपर तीव्र गतिका कारण दुर्घटनामा परेको प्रहरीले जानकारी दिएको छ ।
तीव्र गतिमा आएका टिपर एक अर्कामा ठोक्किएको स्थानीय रण मल्लले जानकारी दिए ।
दुर्घटनामा परी १ जना टिपरका चालक घाइते भएका छन् । उनलाई उपचारका लागि लगिएको साँखु प्रहरी प्रभागकी प्रमुख फुलमाया घिसिङले जानकारी दिइन् ।




















