काठमाडौँ । सर्वोच्च अदालतले सिंहदरबारको फोहोर ३ दिनभित्र उठाउन काठमाडौँ महानगरपालिकालाई अन्तरिम आदेश दिएको छ । न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले उक्त आदेश दिएको हो ।
सिंहदरबारको फोहोर नउठाउने भनी काठमाडौँ महानगरपालिकाका मेयर बोलेन साहले घोषणा गरेका थिए । त्यसविरुद्ध अधिवक्ता पदमबहादुर श्रेष्ठले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
उक्त रिटमा सुनुवाइ गर्दै न्यायाधीश राउतको इजलासले सिंहरदरबारभित्रको क्षेत्र, राष्ट्रपतिको कार्यालय शितल निवास र प्रधानमन्त्री कार्यालय रहेको क्षेत्रका फोहोर उठाई अविलम्ब विसर्जन गर्न आदेश दिएको हो ।





