गोरखा । नोबल कोरोना भाईरस कोभिड–१९ बाट आज थप १०६ जनामा संक्रमण पुष्टी भएको छ । पछिल्लो २४ घण्टामा १ हजार ८८३ जनाको परिक्षण गर्दा शुक्रबार १०६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको हो ।
मन्त्रालयले शुक्रबार जारी गरेको सूचना अनुसार ५८१ जना पिसिआर गर्दा ६४ जना र १ जहार ३०२ जनामा एन्टिजेन परिक्षण गर्दा ४२ जनामा संक्रमण देखिएको हो । यो सहित नेपालमा संक्रमीतहरुको कुल संख्या ११ लाख ५५ हजार ७४८ जना पुगेको छ ।
मन्त्रालयका अनुसार ०८० साल बैशाख ७ गते शुक्रबारसम्म ६० लाख २९ हजार ९६६ जनाको पिसिआर र १५ लाख ६४ हजार २८ जनाको एन्टिजेन परिक्षण गरिसकेको तथ्यांक सार्वजनिक गरेको छ । त्यस मध्ये पिसिआर परिक्षणबाट १० लाख २ हजार ५३७ जना र एन्टिजेन परिक्षणबाट १ लाख ५३ हजार २११ जनामा कोरोना संक्रमण देखिएको थियो ।
संक्रमीत मध्ये ९ लाख ९० हजार ९७ जनाले कोरोना जित्न सफल भएको छ ।
संक्रमणबाट थप १ जनाको मृत्यु
संक्रमणबाट पछिल्लो २४ घण्टामा १ जनाको ज्यान गएको छ । मन्त्रालयका अनुसार यो सहित नेपालमा संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार २६ जना पुगेको छ ।
मन्त्रालयले आज जारी गरेको सूचना अनुसार देशैभर कुल ४१४ जना संक्रमीत रहेको छ । जस मध्ये संस्थागत आईसोलेसनमा २५ जना, आईसीयुमा ७ जना, भेन्टिलेटरमा ३ जना र बाँकी आफ्नै निवासमा रहेका छन् ।



