काभ्रेपलाञ्चोक । जिल्लाको बलथलीमा आफ्नै छोराले आमाको हत्या गरेको छ । आफ्नै आमा ९० वर्षीया कान्छी माया थापाको हत्या गरेको प्रहरीले जनाएको छ ।
हत्या अभियोगमा प्रहरीले पनौतीनगरपालिका–११ बलथलीबस्ने ५२ वर्षीय राजेन्द्र भन्ने बिष्णुबन्धु थापालाई प्रहरीले पक्राउ गरेको हो ।
सामान्य घरायसी झगडामा बिष्णु बन्धुले दाउरा काट्ने खुर्पाले आमा कान्छीमायाँलाई टाउकोमा प्रहार गर्दा गम्भीर घाइते भएकी थिईन । उनको बनेपामा रहेको शिरमेमोरियल अस्पतालतर्फ लैजाने क्रममा बाटोमा नै मृत्यु भएको थियो ।
घटनाका सम्बन्धमा प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।




















