साँकेतिक तस्बिर
नेपालगञ्ज । चक्रेमिलन (मिलन गुरुङ)को बडी गार्ड भनिने गणेशबहादुर बोगटी पक्राउ परेका छन् ।नेपालगञ्जको एक होटलमा हतियार प्रदर्शन गरेको अभियोगमा चक्रेमिलनको सहयोगी बोगटीलाई प्रहरीले पक्राउ गरेको हो ।
नेपालगञ्जका स्थानीय बोगटीले सामाजिक सञ्जालमा पोइन्ट टुटु हतियार बोकेर हिँडेको भिडियो पोस्ट गरे लगत्तै प्रहरीले उनलाई पक्राउ गरेको हो । राष्ट्रिय युवा संघको महाधिवेशनमा भाग लिन पुगेका चक्रे मिलनसँग बन्दुक बोकेर हिडेको भिडियो बोगटीले टिकटकमा सेयर गरेपछि उनी पक्राउ परेको प्रहरीले जानकारी दिउको छ ।
हतियारको लाइसेन्स लिएपनि प्रदर्शन गर्न पाइदैन । नेपालगञ्जमा युवासँघको महाधिवेशन जारी छ ।


