गोरखा । पछिल्लो समय कोरोना परिक्षणको दर बढेसंगै संक्रमितको संख्यामा पनि बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार जारी गरेको सूचनामा देशैभर ४४४ जना सक्रिय संक्रमित रहेको जनाएको छ ।
पछिल्लो २४ घण्टामा देशैभर २ हजार ५६६ जनामा कोरोना परिक्षण गर्दा १२४ जनामा संक्रमण देखिएको छ । जस अन्तरर्गत ९०३ जनाको पिसिआर परिक्षण गर्दा ७७ जना र १ हजार ६६३ जनाको एन्टिजेन परिक्षण गर्दा ४७ जनामा संक्रमण पुष्टी भएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले आज जारी गरेको सूचनामा उपत्यकामा मात्रै संस्थागत आइसोलेसनमा २१ जना, आईसीयूमा १० जना र भेन्टिलेटरमा ४ जनाको उपचार भईरहेको छ ।



