काठमाडौँ । राजधानीको ह्याम्स अस्पतालमा हेलिकप्टर दुर्घटना भएको छ । नागरिक उड्डयन प्राधिकरणका अनुसार अवतरणका क्रममा एयर डाइनेस्टीको ९एन–एजेडी कल साइनको हेलिकप्टर दुर्घटना भएको हो ।
प्राधिकरणले दिएको जानकारी अनुसार हेलिकप्टरको पुच्छरको भाग ठोक्किएर टेल रोटर भने भाँचिएको छ ।
र्दुघटनामा परी कोही पनि घाइते नभएको प्राधिकरणले जनाएको छ ।




















