गोरखा । नेपालमा साता दिन यता कोरोना दर झण्डै दोब्बरले बढ्न थालेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको कोरोना तथ्यांक अनुसार आजसम्म देशैभर ३५७ जना सक्रिय संक्रमित रहेका छन् ।
साता दिन अगाडी १७१ जना संक्रमित रहेकोमा चैत्र २५ गते शनिबार ३५७ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयद्वारा जारी सूचनामा शनिबार १ हजार १७० जनामा गरिएको परिक्षणमा ६४ जनामा संक्रमण पुष्टी भएको छ । जसमध्ये १६८ जनामा पिसिआर गर्दा ४१ जना र १ हजार २ जनाको एन्टिजेन परिक्षण गर्दा २३ जनामा संक्रमण देखिएको छ ।
शनिबार ५७ जनालाई निको हुदा कुल संक्रमितको संख्या ३५७ जना रहेको पनि मन्त्रालयले जनाएको छ ।



