काठमाडौं । आज सिंहदरबारमा ३ ठुला दलमा नेताहरु बिच भेटघाट भएको छ । १५ फागुनपछि ७ दलीय गठबन्धन भत्काएर कांग्रेस तर्फ मिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग एमालेको सम्बन्ध चिसिए पछि ३ दलको एक साथ यो नै पहिलो भेटघाट भएको हो ।
सभामुख देवराज घिमिरेको पहलमा सिंहदरबारस्थित कार्यालयमा जमघट भएका ३ ठूला पार्टीका नेताहरु बिच भने संसदलाई प्रभावकारी सञ्चालनका बारेमा छलफल भएको बुझीन आएको छ ।
शनिबार प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओलीबीच भेट गराउन सभामुख घिमिरेले पुलको काम गरेका हुन् ।
भेटमा नेताहरुबीच भएको कुराकानीबारे विस्तृत रुपमा बाहिर नआएको भएता पनि प्रतिनिधिसभाको बैठकलाई कसरी प्रभावकारी बनाउने भन्ने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।


