पोखरा । पोखरा महानगरपालिका–६ स्थित तालबाराही मन्दिरको पुनर्निर्माण कार्य प्रारम्भ भएको छ । पुरातत्व विभागले मन्दिरको पुनर्निर्माण गर्न लागेको हो ।
ताल बाराही मन्दिर गुठी व्यवस्थापन समितिका अनुसार एक करोड ४४ लाख रुपैयाँको लागतमा मन्दिरको पुनर्निर्माण गर्न लागिएको हो । जसका लागि अहिले मन्दिरको पुरानो संरचना धमाधम भत्काउन थालिएको छ ।
त्यसलगतै पुनर्निमार्णका लागि डिपीआर ९डिटेल प्रोजेक्ट रिपोर्ट० बन्ने छ । रिपोर्ट बनाउन पुरातत्वले सात जना इन्जिनियर सहभागि भएको विशेष टोली गठन गरिसकेको छ । सोही रिपोर्टका आधारमा अबको वर्ष दिनभित्र मन्दिरको पुनर्निर्माण सकिने छ ।
गुठी व्यवस्थापन समितिका अध्यक्ष हिक्मत बहादुर कुँवरले ताल बाराही मन्दिरको पुनर्निर्माण कार्य थालिएको बताए । उनी भन्छन्– ‘ताल बाराही मन्दिरको पुनर्निर्माण हुने भएको छ । पुरातत्व विभागले यसका लागि १ करोड ४४ लाख रुपैयाँ दिएको छ । त्यसमा अन्य निकायबाट पनि रकम थप हुनेछ । अबको वर्ष दिनभित्र मन्दिर पुनर्निर्माणको काम सकिने छ । त्यसैका लागि अहिले मन्दिरको पुरानो संरचना भत्काउन लागिएको हो ।’
समितिका अनुसार मन्दिर ३ रोपनी ८ आना क्षेत्रफल जग्गामा बन्नेछ । मन्दिर पुरानै प्रविधिअनुसार बनाउने वा नयाँ प्रविधिको प्रयोग गर्ने विषय भने टुंगो लागिसकेको छैन ।
२०१७ सालमा तत्कालिन राजा महेन्द्र शाहले निर्माण गर्न लगाएको मन्दिरमा सुर्की, ढुंगा, माटो र काठ प्रयोग गरिएको थियो । मन्दिरको जग र गाह्रो २४ इन्च फराकिलो छ । १२ वैशाख २०७२ को भुकम्पका कारण मन्दिरको गाह्रो चर्किएको थियो ।
व्यवस्थापन समितिका अध्यक्ष कुँवर भन्छन्– ‘मन्दिर ३ रोपनी ८ आना जग्गामा बन्दैछ । मन्दिर पुरानोभन्दा भब्य बन्नेछ । यसका लागि पुरानो प्रविधि प्रयोग गर्ने की नयाँ यस विषयमा हामी छलफल गर्दैछौं । १२ वैैशाख २०७२ को भुकम्पले मन्दिरलाई क्षति पु¥याएको थियो । त्यसो हुँदा मन्दिर पुनर्निर्माण गर्न लागिएको हो ।’
समितिका अनुसार २०१७ सालमै ८० हजार रुपैयाँ लागतमा यो मन्दिर निर्माण गरिएको थियो । त्यसबेलाका स्थापित ओभरसियर रामबहादुर श्रेष्ठको निरीक्षणमा मन्दिर निर्माण गरिएको थियो । तालबाराही देवी सपनामा आएपछि राजा महेन्द्रले उक्त स्थानमा मन्दिर निर्माण गर्न लगाएका थिए ।
समितिका अध्यक्ष कुँवरका अनुसार २०१७ सालमा ८० हजार रुपैयाँको लागतमा मन्दिर बनेको थियो । राजा महेन्द्रलाई सपनामा ताल बाराही देवीले मन्दिर बनाउन आग्रह गर्नु भएको रहेछ । त्यसपछि उहाँले उक्त ठाउँमा मन्दिर बनाउन लगाउनु भएको रहेछ । त्यसबेलाका स्थापित ओभरसियर रामबहादुर श्रेष्ठको निरीक्षणमा यो मन्दिर निर्माण भएको थियो ।’
(तस्बिरहरु–नेपाल न्यूज बैंक)


