साँकेतिक तस्बिर
भक्तपुर । भक्तपुरमा सालकको खपेटा सहित प्रहरीले २ जनालाई पक्राउ गरेको छ । चाँगुनारायण नगरपालिका–२ बर्खेबाट ९९८ ग्राम तौलको सालकको खपेटासहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा चाँगुनारायण नगरपालिका–२ बस्ने मकवानपुर हेटौंडा उपमहानगरपालिका–३ घर भएका २२ वर्षीय आसुतोष थपलिया र सिन्धुपाल्चोक त्रिपुरासुन्दरी गाउँपालिका–२ घर भएका २६ वर्षीय अमृत गजमेर रहेको प्रहरीले जनाएको छ ।
उनीहरुको साथमा सालकको खपेटा रहेको भन्ने विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीको टोलीले बाग्मती प्रदेश ०२–०२० प ८४९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा उक्त परिणामको खपेटा फेला गरेको थियो ।
पक्राउ परेका दुवैजना माथी प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।


