गोरखा । भारतको सिक्किममा गएको पहिरोमा परेर ३ जना नेपालीले ज्यान गुमाएका छन् । ज्यान गुमाउनेमा २ जना चितवनका र १ जना रूपन्देहीको भएको पुष्टी भएको छ ।
पर्यटकीय क्षेत्र त्सोङमो, नाथुलामा आएको हिमपहिरोमा परी ४ जना भारतीयको पनि मृत्यु भएको छ ।
मृत्यु हुने नेपलीमा चितवनका शिवप्रसाद लामिछाने र आशिका ढकाल तथा रूपन्देहीकी मुना शाह श्रेष्ठ भएको पुष्टी भएको हो । लामिछाने र ढकाल कालिका नगरपालिका( ६ खोलेसिमलका हुन् ।
खोलेसिमलमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले भ्रमण लगेको थियो । सहकारीबाट २ वटा बसमा ६३ जना भ्रमण गएका थिए ।
लामिछाने संस्थाका कार्य समिति सदस्य समेत भएको बुझीन आएको छ । नाथुलामा गएको पहिरोमा परेर ६ वटा सवारी साधनमा सवार कम्तीमा ३० पर्यटक हिउँमुनि फसेको हुन सक्ने भारतीय संञ्चार माघ्यमले जनाएको छ ।


