काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरूङले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् ।
बुधबार शितल निवास पुगेका उपसभापति गुरूङले राष्ट्रपति पौडेललाई बधाई तथा शुभकामना दिएका छन् ।
गुरूङले राष्ट्रपति संगको भेटमा विगतदेखी नै राष्ट्रपतिको सवारीमा सर्वसाधारण जनतालाई दुःख हुने गरेको भन्दै त्यो परम्परालाई तोडन सुझाव दिएको बताए । ‘राष्ट्रपतिको सवारीमा तामझाम गरेर सर्वसाधारणलाई दुःख दिने विगतको परम्परालाई तोड्न सुझावसमेत दिइयो,’ उपसभापति गुरूङले भने ।
सवारीका बेला जनतालाई दुःख दिने पक्षमा आफू नरहेको पनि राष्ट्रपति पौडेलले बताएको उनको भनाइ छ ।
तस्बिर स्रोत ः धनराज गुरूङको सचिवालय




















