सिन्धुली । मध्यपहाडी राजमार्ग अन्तर्गत सिन्धुलीको फिक्कल गाउँपाालिका–४ को कुहिभीरमा आइतबार भएको यात्रुवाहक बस दुर्घटनामा परी ६ जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा २८ जना घाइते भएका छन् ।
सिन्धुली प्रहरीका अनुसार ओखलढुंगाबाट काठमाडौं आउँदै गरेको बा २ ख ६५९६ नम्बरको बस दुर्घटना हुँदा मृत्यु हुनेमा ३ जना पुरुष र ३ जना महिला छन् ।
घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर भएकाले हेलिकोप्टरमार्फत काठमाडौं लगिएको छ । बाँकीको खुर्कोट अस्पतालमा उपचार भइरहेको छ । बसमा ३४ जना यात्रु रहेको प्रहरीले जानकारी दिएको छ ।
बस सडकको भित्तामा ठोक्किएर दुर्घटना भएको अनुमान छ । घटना लगत्तै बस चालक फरार रहेको प्रहरीले जनाएको छ ।




















